बजार संक्षेप

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

  नागरिक   2019-10-16

काठमाडौँ- कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रमुख आयोजक भई सेप्टेम्बर २०,२०१९ मा ब्वाईज स्काउट एसोसीएसन हल हवाली ,कुवेतमा कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रममा ८०० भन्दा धेरै नेपालीहरुको उत्साहजनक सहभागी रहेको जसमा नेपाल आइडल सिजन २ को बिजेता रवी ओड र गायक र कलाकार चक्र बमको प्रस्तुती रहेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
कार्यक्रमलाई थप रोमान्चक बनाउन सिटी एक्सप्रेसले कार्यक्रममा उपस्थित दर्शकहरुमा लक्की ड्र सञ्चालन गरिएको थियो, जस्को बिजेता जय बहादुर थापा भएका थिए। थापाले उपहार स्वरुप सामसुङ्गको ३२’’ को टि.भी. प्राप्त गरेका थिए। सोेहि कार्यक्रममा अन्य ५ जनालाई सिटी एक्सप्रेसको तर्फबाट आकर्षक उपहार प्रदान गरिएको जानकारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ।
नेपालका लागि सामसुङ्ग उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले प्रवासीहरुलाई विदेशमै बसेर नेपालमा टि.भीं किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रा.लि.संग साझेदारी गरेको जनाएको छ।
 

यसमा तपाईको मत