बजार संक्षेप

सामसङको अफर सार्वजनिक

  नागरिक   2019-09-18

काठमाडौं– सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत कम्पनीले आफ्ना उत्पादनको खरिदमा विशेष छुटको व्यवस्था रहेको विज्ञप्तिमार्फत जनाएको छ । 
योजनाले नयाँ टिभी वा अन्य होम अप्लाइन्सको खरिद गर्ने योजना बनाएका ग्राहकलाई आकर्षक छुट प्राप्त गर्ने अवसर हुने जनाइएको छ ।
टिभी, वासिङ मेसिन तथा फ्रिज जस्ता उपकरणले चाडपर्वमा रौनकता थप्ने हुँदा उपभोक्तालाई अझै खुसी प्रदान गर्न यो छुट प्रदान गरेको जनाएको छ । 
सामसङले टिभीमा दुई वर्षको वारेन्टी, डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी, तोकिएका आउटलेटबाट सहज किस्ताबन्दी तथा निश्चित होम अप्लाइन्सको निःशुल्क जडान गरिदिने व्यवस्था मिलाएको जनाएको छ । 
 

यसमा तपाईको मत