बजार संक्षेप

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

    2019-07-18

काठमाडौँ- सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको छ । ताम्राकार कम्पेल्क्स को तेश्रो तलामा स्थान्तरीत यस नया सर्भिस सेन्टर पहिले उक्त कम्प्लेक्सको चौथो तल्लावाट संचालित थियो ।
सेन्टरको शुभारम्भमा सामसङ नेपालका उपाध्यक्ष श्री वाई वि वन र आइ एम एसका प्रेशिडेन्ट श्री दिपक मलोहत्रा,आई एम हेड प्रण्नय रत्न स्थापित, सामसङ नेपाल सर्भिस प्रमुख राजन भट्टराई र आई  एम एस केयरका सर्भिस मेनेजर कुणाल गुरुङ्ग लगायतका अतिथीगणहरु उपस्थित रहेको थियो । 
विक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहक मुखी सेवा प्रदान गर्ने उद्देश्य सहित कम्पनीले आफ्नो आधिकारिक सर्भिस् सेन्टर काठमाडौंको ताम्राकार कम्पेल्क्समा स्थानान्तरीत गरेको हो। उक्त सर्भिस सेन्टरमा ५ बाट १० काउन्टर सम्म वृद्धि गरिएको छ। यसका साथ साथै तेश्रो र चौथो तल्लामा भि आई पि कस्टमर (फ्लेगसिप फोन) को लागि छुटै काउन्टरको व्यवस्था गरिएको छ । 

यस अघि कम्पनीले काठमाडौं उपत्यका भित्र (सुन्धारा, कमलादी, बालाजु) ललितपुरको जावलाखेल, भक्तपुरको सुर्यविनायक तथा उपत्यका बाहिर पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर,  बुटबल, विर्तामोड, हेटौडा, धनगढी, जनकपुर, दाङ्ग र दमौलीमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ । 
 

यसमा तपाईको मत