बजार संक्षेप

सामसङले ल्यायो ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’

  नागरिक   2019-12-18

काठमाडौं– नेपालमा रहेका कोरियन संस्कृति र संगीत पारसीका लागि सामसङले ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ ल्याएको छ ।
के–पपले नेपाली बजारमा समेत राम्रो स्थान पाइसकेको विद्यमान अवस्थामा ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ नेपालमा ल्याउने उद्घोषसँगै कोरियन संस्कृतिबाट भरिपूर्ण डान्सप्रति आकर्षण भएका युवायुवतीका लागि यो अवसर जुटाएकोे विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ले कोरियाली गीत÷संगीत प्रेमीका लागि एउटा नविन अवसर सिर्जना गरिदिएको मात्र नभई सामसङको ए८० सिरिजका चार–चारवटा फोन एकैपटक जिल्न सक्ने अवसर पनि दिनेछ । यसका सहभागी १० टिमले पाँच–पाँच हजार रुपैयाँभन्दा बढीका गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् । 
यही डिसेम्बरको २८ तारिखमा काठमाडौंको हुन लागेको कोरियन म्युजिक डान्समा सहभागिता जनाउन कुनै पनि के पप गीतमा एक मिनेटको नाच रेकर्ड गरी सामसङ नेपालको आधिकारिक वेबसाइटमा त्यो भिडियो उपलब्ध गराउनुपर्ने छ ।
त्यसका लागि कम्पनिले डिसेम्बर २० सम्मको समय उपलब्ध गराएको छ । प्रतियोगितमा पहिलो हुने टिमलाई चार सेट सामसङ ए८० फोन, दोस्रोलाई सामसङ ए५० एस र तेस्रोलाई सामसङ ए३० एस फोन सेट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
 

यसमा तपाईको मत