बजार संक्षेप

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

    2019-08-23

काठमाडौँ-  सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २ र ३ मा एकीकृत विकासका कार्यक्रमहरुलाई आफ्नो तर्फबाट विशेष सहयोग प्रदान गरेको छ। स्वयंसेवी अभियान नेपालद्वारा तार्केश्वर नगरपालिका वडा न २ र ३ मा आयोजना गरिएको महिला उद्यमशीलता, सूचना प्रविधि र अनलाईन बजार प्रबर्धन तथा सीप विकास तालिमलाई सासमङले आफ्नो तर्फबाट विशेष सहयोग प्रदान गरेको छ कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
स्वयंसेवी अभियानले महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत महिला समूहहरु गठन गरी शिक्षा र जीवनोपयोगी सीप, लघुवित्त र उद्यमशीलता विकास परियोजनाहरु संचालन गर्दै आइरहेको छ र उक्त परियोजनालाई सामसङले प्राविधिक सहयोग प्रदान समेत गर्दै आएको जानकारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेखित छ।  हालसम्म ता.न.पा वडा नं २ मा ३८ महिला समूह गठन भई ३४६ जना र वडा नं ३ मा १०९ महिला समूह गठन भई ७७६ जना महिलाहरु प्रत्यक्ष संलग्न भएको जानकारी दिइएको छ ।  यस संस्थाले महिलाहरुको  उद्यमशीलता विकासका लागि  “महिला उद्यमशीलता, सूचना प्रविधि र अनलाईन बजार प्रबर्धन तथा सीप विकास तालिम” संचालन गर्न गईरहेको छ भने यो तालिम यस संस्था र कोरियाको “Better World” भन्ने संस्थाको समन्वयमा सामसङ कम्पनीको कर्मचारी स्वयंसेवकहरुद्वारा संचालन गरिने जानकारी दिइएको छ। यस तालिममा प्रशिक्षार्थी महिलाहरुले उद्यमशीलताको ज्ञान, सूचना प्रविधिको प्रयोग मार्फत उत्पादनको बजारीकरण र सामाजिक संजाल मार्फत अनलाईन नेटवर्किङ्ग विकासको ज्ञान र सीपको विकास गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाए को छ। यस्ता तालिमबाट यस क्षेत्रका आय आर्जनमा संलग्न महिलाहरु प्रत्यक्ष लाभान्वित हुनुहुनेमा कम्पनि आशाबादी रहेको जनाएको छ। 
 यसबाट करिव सात हजार भन्दा धेरै विद्यार्थीहरु लाभान्वित भएको विश्वास कम्पनीले लिएको छ । 
यस्ता कदमले महिला उद्यामशीलताको विकासमा टेवा पुगी कोरिया र नेपाल बीचको मित्रता अझ बलियो बन्ने विश्वास कम्पनीले लिएको उक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ। 

यसमा तपाईको मत