भिडियो

सामसङ इलेक्ट्रोनिक्सको ग्यालेक्सी नोट १० ( भिडियो )

  बिश्वास खनाल   2019-08-26

काठमाडौँ- सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी नोट १० प्रस्तुत गर्न गईरहेको छ, प्रीमियम स्मार्टफोहरुको नयाँ लाइन जसले शक्तिशाली प्रदर्शन र उत्पादकत्व वृद्धि गरी प्रयोगकर्ताहरूलाई हरेक क्षण अविष्मरणीय बनाउन मद्दत पुर्याउने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। 
 
“शुरुदेखि नै ग्यालेक्सी नोटले बेस्ट–अफ–द–बेस्ट प्रविधि एंवं सुविधाहरूका साथ प्रस्तुत गर्नु पर्दछ भन्ने मान्यताका साथ अगाडि बढ्दै आएको थियो । ग्यालेक्सी नोट १० यसै मान्यतालाई आत्मसाथ गर्दै स्मार्ट फोनका नयाँ पारखीहरु माझ उनीहरुको प्रोडक्टीभिटि एवं क्रिएटिभिटिलाई सहजै माथिल्लो तहसम्म पुर्याउन मद्दत गर्ने विश्वास लिएको” कुरा सामसङ नेपालका मोबाइल विजिनेश हेड प्रणय रत्न स्थापितले बताए। ग्यालेक्सी नोट १० का हरेक इलमेन्टहरु विशेष तरिकाबाट निर्माण गरिएको छ, जसले गर्दा ग्राहकलाई अझ धेरै सुविधा प्राप्त हुने छ, भिडियो एडिटिङ्ग गर्न वा आफूलाई मन पर्ने गेम खेल्न ग्यालेक्सी नोट १० ले अझै सहजता एवं सुविधा प्रदान गर्ने छ ” उनले बताएको उक्त प्रेस बिज्ञप्तिमा जनाएको छ। 

 
प्रिमियम एक्स्पेरियन्सको लागि पावरफुल डिजाइन
 ग्यालेक्सी नोट १०  मोबाइल फोन सिल्क, स्लिम तथा डिस्ट्र्याक्सन –फ्रि बन्न पुगेको छ । यसले गर्दा प्रयोगकर्तालाई आइडिया, प्रोजेक्ट तथा कन्टेन्टका विषयमा अझ धेरै आकर्षित बनाउने छ । 

ग्यालेक्सी नोट १० को डिस्प्ले सामसङको अहिलेसम्मकै उत्कृष्ट रहेको छ । भौतिक निर्माणदेखि लिएर यसको अन्तरनिहीत प्रविधिको प्रयोग गरी प्रयोगकर्ताहरुले आफ्नो मनपरेको टिभि, मुभि तथा गेम खेल्न सक्ने जनाएको छ। 

हरेक कार्यलाई बहु पक्षीय उत्पादक बनाउने स्वतन्त्रता
यसमा प्रयोग भएको नयाँ प्रविधि, सुधारिएको क्षमता र शक्तिशाली समायोजन आदिले प्रयोगकर्तालाई स्वतन्त्रता प्रदान गरी उनीहरुका हरेक कार्यलाई उत्पादक बनाउने स्वतन्त्रता प्रदान गर्ने जानकारी दिइएको छ। 

सर्जकहरुका लागि प्रो–ग्रेड क्यामरा
 यसमा भएको एडभान्स इमेजिङ्ग प्रविधि र सफ्टवेरहरुले भिडियो ग्राफि र फोटो ग्राफिलाई नयाँ तहमा पुर्याउन मद्दत गर्ने जानकारी गराएको छ। 


प्रयोगकर्ताहरुका लागि अद्वितीय कार्यक्षमता
यस फोनको प्रयोगबाट हरेक क्रियाकलाप, वृहत् व्यापारिक योजना, सोसल मिडिया च्यानलहरुको लागि आवश्यक पर्ने भिडियो एडिटिङ्ग, एस पेनको साथ आकर्षक इलुस्ट्रेशन आदि गर्न विशेष सहयोग पुर्याउने छ। यसको लागि नयाँ इन्जिनियरिङ्गका साथ ग्यालेक्सी नोट १० मा टप–टायर हार्डवेर एवं नयाँ सुविधाहरु प्रयोग गरिएको जानकारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ  । 

यसमा तपाईको मत