ग्याजेट विशेष

सामसङको स्मार्टफोन ‘ग्यालेक्सी एम–५२ ५–जी’ मा नयाँ फिचरहरु थप

  नागरिक   2021-09-26

भारतमा सार्वजनिक भएको सामसङ  ‘ग्यालेक्सी एम–५२ ५–जी’ फोनमा कम्पनीले थप नयाँ फिचरहरु थपेको ग्याजेट ३६० ले जनाएको छ।

‘ग्यालेक्सी एम–५२ ५–जी’मा ६.७ इन्चको फुल एचडी प्लस सुपरएमोलेड प्लस डिस्प्ले छ, जसमा १२० हर्जको रिफ्रेस रेट छ। यो स्मार्टफोनमा तीनवटा क्यामरा छ। यसको मुख्य क्यामरा ६४ मेगापिक्सलको छ, साथै यसमा १२ मेगापिक्सलको अल्ट्रा–वाइड लेन्स र ५ मेगापिक्सलको म्याक्रो सुटर छ। यसको अगाडितिर भने ३२ मेगापिक्सलको सेल्फी क्यामरा छ।

क्वालकम स्न्यापड्रैगन ७७८–जी प्रोसेसर भएको यो फोनमा ६ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज छ। माइक्रो एसडी कार्ड प्रयोग गरेर यो स्टोरेज १ टिबीसम्म बढाउन सकिन्छ। सामसङले ‘ग्यालेक्सी एम–५२ ५–जी’मा ५ हजार एमएएचको ब्याट्री राखेको छ, जसमा २५ वाटको चार्जिङ सर्पोट छ। यो फोन तीन फरक रङमा उपलब्ध हुनेछ।

ग्याजेट ३६०का अनुसार हालसम्म सामसङले ‘ग्यालेक्सी एम–५२ ५–जी’को मूल्य करिब ३२ हजार नौ सय भारु हुनसक्ने अनुमान छ।

यसमा तपाईको मत