बजार संक्षेप

सामसङ नेपालले ग्यालेक्सी M40 सार्वजनिक गरेको छ

    2019-07-01

काठमाडौँ - सामसङ नेपालले M सिरिजको तेस्रो स्मार्टफोन ग्यालेक्सीं M40 नेपाली बजारमा प्रस्तुत गरेको छ । खास गरी यो फोन प्रविधि प्रेमी पुस्ता तथा जेनेरेशन जी (Zen Z) को लागि तयार पारिएको हो । ग्यालेक्सी M40 मा ६.३ इन्चको FHD+ Infinity-O display शक्तिशाली स्नेपड्रैगन ६७५ अक्टाकोर प्रोसेसर तथा दमदार फिचरका साथ ट्रिपल रियर क्यामरा विद्यमान छन् । यो फोनM10 रM20 स्मार्टफोनमा ग्राहकहरुको अभूतपूर्व प्रतिक्रिया पछि बजारमा ल्याइएको हो । 

 
सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले “नेपालमा सामसङ M सिरिजको अभूतपूर्व सफलता प्राप्त गर्दै आएको छ । युवा पिढी तथा जेनेरेशन जी (Zen Z) को लागि डिजाइन गरिएको ग्यालेक्सीM सिरिज खास गरी नेपालकै लागि भनी तयार गरिएको हो । हामीलाई विश्वास छ कि सोचविचार गरी मोबाइल फोन खरिद गर्नुहुने नयाँ युवाहरुंM40बाट अझ बढी खुसी एवं सन्तुष्ट हुनुहुनेछ” भनी बताउनु भयो । 


नयाँ ग्यालेक्सीM40मा आफ्ना महत्वपूर्ण क्षणहरुलाई क्याप्चर गर्नको लागि आफ्नो श्रेणीमा सबैभन्दा उत्कृष्ट ट्रिपल रियर क्यामराको साथ डिजाइन गरिएको छ । ग्यालेक्सीM40को ट्रिपल क्यामरा सेटपमा १.७ अपर्चर तथाAI सीन अप्टिमाइजरको साथ ३२ मेगापिक्सलको मुख्य क्यामरा राखिएको छ, जसमा प्रयोगकर्ताले दिनमा वा रातमा शानदार फोटो खिच्न सक्नुहुनेछ । यसमा ५ मेगापिक्सलको डेप्थ क्यामरा तथा ८ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा पनि राखिएको छ । आजका युवा पिँढीहरु भिडियो मार्फत कुराकानी गर्न मनपराउने हुँदाM40मा विभिन्न भिडियो फिचरहरु जस्तैः भिडियो रेकर्डिङ्ग, स्लोमो तथा हाइपरल्याप्स रहेका छन् । ग्यालेक्सीM40 मा ३५०० mAh को व्याट्रि राखिएको छ भने १५ वाट यूएसवी टाइप सी फास्ट चार्जिङ्ग फिचर राखिएको छ जसले आम चार्जिङ्ग प्रक्रिया भन्दा ३ गुणा चाँडै चार्ज हुन्छ ।
 
 

यसमा तपाईको मत