बजार संक्षेप

सामसङको ग्यालेक्सी ए१० नेपाली बजारमा

  नागरिक   2019-09-29

काठमाडौँ- सामसङले ग्यालेक्सी ए१० नेपाली बजारमा प्रस्तुत गरेको छ । यो ग्यालेक्सी ए सिरिजको सबैभन्दा नयाँ स्मार्टफोन कम्पनीले जनाएको छ।उक्त फोनमा ६.२ इन्चको इन्फिनिटी–वि डिस्प्ले, नयाँ ड्युअल रियर क्यामरा, शक्तिशाली चार हजार एमएएचको व्याट्री तथा  फिङ्गगर प्रिन्ट स्क्यानर रहेको कम्पनीको बिज्ञप्तिमा उल्लेख छ। कम्पनीले उत्कृष्ट डिस्प्ले, शानदार क्यामेरा, धेरै समय सम्म टिकाउ हुने ब्याट्री तथा अझै धेरै सुरक्षा रहेको दाबी गरेको छ।  
 
यसमा ड्युअल रियर क्यामरा सेटअपमा एफ १.८ अपर्चरको साथ १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा तथा २ मेगापिक्सलको डेप्थ क्यामरा ८ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ यसले गर्दा सफा एवं आकर्षक सेल्फी खिच्न सकिने जनाएको छ । 
उक्त फोनमा २ जिबी र ३२ जिबीमा उपलब्ध छ । 
 
 

यसमा तपाईको मत