बजार संक्षेप

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

  नागरिक   2019-09-19

काठमाडौं– त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ ।
कम्पनीले नेपाली निर्माण र इन्फ्रास्ट्रक्चर उद्योगलाई स्मार्ट र किफायती प्रिकास्ट निर्माण टेक्नोलोजी प्रदान गर्ने उद्देश्यसाथ प्रिकास्ट, निर्माण टेक्नोलोजीमा जोड दिइरहेको जनाएको छ । यसले स्मार्ट इन्फ्रास्ट्रक्चर निर्माणमा सहयोग पु¥याउने विज्ञप्तिमा छ ।
हाल कम्पनीले विश्वव्यापी उत्कृष्ट टेक्नोलोजी प्रयोग गरी उक्त उत्पादन बजारमा ल्याएको जनाएको छ । उच्च गुणस्तरीय कच्चा पदार्थलाई सुक्ष्मरुपले कम्पनीको स्टेट अफ द आर्ट प्रयोगशालामा परीक्षण गर्ने गरेको कम्पनीको भनाइ छ । जसले उत्तम गुण, उच्च शक्ति, आयामी सटिकता र स्थिरताका साथ नवीन उत्पादनको ग्यारेन्टी गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीले मेक इन नेपाल प्रवृत्तिको प्रतिबद्धता जनाएको छ । साथै आगामी दिनमा अन्य विभिन्न उत्पादन सुरु गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत