बजार संक्षेप

साग भलिबल प्रतियोगिता प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसबाट

  नागरिक   2019-11-27

काठमाडौँ- नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टस मा १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण हुँदैछ । 
१३ औं संस्करणको साग अन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पुर्ण खेल मंसिर ११ गते देखी १७ गते सम्म डिशहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ SD र ९९१ HDमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल बिरुद्ध बाङ्गलदेश को महिला भलिबल प्रतियोगिता आज अपरान्ह ३ बजे देखि हुँदैछ भने नेपाल बिरुद्ध बाङ्गलदेश को पुरुष भलिबल प्रतियोगिता सांझ ७ बजे हुँदै छ ।
नेपालले खेल्छ नेपालीले हेर्छ भन्ने मुख्य नाराका साथ प्रसारण भईरहेको यस स्पोर्टस च्यानलले आफ्नो स्थापनाकाल देखिनै नेपालमा आयोजना हुने हरेक खेलहरु लाई नेपाली दर्शक माझ पुर्याउदै आएकोछ । 
 

यसमा तपाईको मत