बजार संक्षेप

मोन्डे सेलेक्सन २०१९ मा रुस्लान अल्ट्रा प्रिमियम भोड्काले जित्यो ग्रान्ड गोल्ड क्वालिटी अवार्ड

    2019-06-11

काठमाडौँ- रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा आयोजित प्रतिष्ठित ५७ औं मोन्डे सेलेक्सन (Monde Selection) अवार्डस्मा ‘स्प्रिट एन्ड लिक्वर’ वर्गमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ । अवार्ड पाँच विभिन्न मापदण्डमा आधारित थियो– स्वादपछिको अनुभव, प्याकेजिङ, सामन्जस्य, सुगन्ध र दृष्यताको स्वरुप ।

मोन्डे सेलेक्सन विश्वभरिका प्रसिद्ध विशेषज्ञहरू, सेफहरू, वाइन विज्ञहरू (ओनोलोजिष्ट र सोम्मेलेयरहरू), मदिरा उत्पादन विज्ञ इन्जिनियर (ब्रुइङ इन्जिनियर) र मास्टर ब्लेन्डरहरूको सहभागितामा उत्पादनको भित्री गुणस्तरको अन्तर्राष्ट्रिय वैज्ञानिक र कानुनी दृष्टिकोणबाट आँकलनका लागि सन् १९६१ मा सुरु गरिएको हो ।

मोन्डे सेलेक्सन अवार्डले केबल एक सम्मानभन्दा अधिक रहेर उपभोक्ताहरूका लागि गुणस्तर, अन्तर्राष्ट्रिय मान्यता र उत्पादनको आन्तरिक बाहिरी मान्यता नियन्त्रण तथा निर्विवाद बिक्री तर्कको प्रत्याभूति दिन्छ ।

रुस्लान अल्ट्रा प्रिमियम भोड्का हालैमात्र अर्थात २०७५ मंसिर (सन् २०१८ डिसेम्बर)मा मात्र बजारमा ल्याइएको हो र  भोड्का उपभोक्ताबीच पहिलो रोजाईको रुपमा बजारमा तीव्र रूपमा कारोबार बढ्दै गएको छ । “हामी यो सम्मान पाउँदा गौरवान्वित भएका छौं । यो हाम्रो नव–आविष्कार र सर्वोत्कृष्ट मदिराजन्य उत्पादनहरूको विशिष्टताको सम्मान हो,” जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले भन्नुभयो ।

ग्रुपका कार्यकारी निर्देशक सशीन जोशीले भन्नुभयो– “हामी स्रोतबाट उत्तम कच्चापदार्थहरू ल्याएर उत्कृष्ट मदिराजन्य उत्पादनको ब्लेन्डिङ तयारी गर्नका लागि निकै समय लगाउनुका साथै धेरै मेहनत गर्ने गर्छौं । यो अवार्ड गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू प्रतिको हाम्रो प्रतिबद्धता र नेपाली मदिराजन्य उत्पादनमा उत्कृष्टताको उदाहरण हो ।”

जाउलाखेल ग्रुप अफ इन्ड्रस्ट्रिज नेपालमा बहु–ड्रिस्ट्रिलरीहरू, ब्रुअरी र अनुसन्धान तथा बिक्री युनिटहरू रहेको पेयपदार्थको अग्रणी समूह हो, जसले नेपालमा मदिरा र बियरहरूका स्वदेशीका साथसाथै अन्तर्राष्ट्रिय उत्कृष्ट ब्रान्डहरू उपलब्ध गराउँदै आएको छ ।

 

यसमा तपाईको मत