बजार संक्षेप

रुस्लान भोड्का देशबाहिर पनि

  नागरिक   2020-01-31

काठमाडौं– रुस्लान भोडकाले आफ्नो बजारलाई देश बाहिर पनि विस्तार गर्न थालेको छ । अब रुस्लानका आकर्षक प्याक अष्ट्रेलिया, जापान दक्षिण कोरिया हङकङ, बेल्जियम र मलेसियाका बजारमा पनि देख्न सकिने कम्पनीले जनाएकोे छ । नेपाली बजारमा पारखीको पहिलो रोजाइको ब्रान्ड बन्न सफल रुस्लानले विदेशी वजारमा पनि आफ्नो अमिट छाप छोडन सफल हुनेमा कम्पनी विश्वस्त रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।  
कम्पनीले विगत चार दशकदेखि पारखीको स्वाद र सन्तुष्टिलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरेर भोड्काको उप्तादन गर्दै आएको जनाइएको छ । रुस्लानको अद्वितिय गुणस्तरले गर्दा नै अधिकांश उपभोक्ताको रोजाइमा पर्न सफल पनि भएको कम्पनीको दाबी छ ।
चीन, थाइल्यान्ड लगायत देशमा पनि रुस्लान निकासीका लागि पहल भइरहेको कम्पनीले जनाएको छ ।

यसमा तपाईको मत