बजार संक्षेप

रुसलानले विशेष किसिमको क्यालेण्डर सार्वजनिक गरेको छ ।

    2019-05-08

काठमाडौं– रुसलानले आफ्नो ब्राण्ड सद्भावना दूत प्रियँका कार्कीलाई समावेश गरिएको विशेष किसिमको क्यालेण्डर सार्वजनिक गरेको छ ।

रुसलानले नेपालमा पहिलो पटक हाइ– फेशनको स्वीमसूटमा छायाँकन गरिएको फेशनदार क्यालेण्डर प्रस्तुत गरेको छ । बितेको ४० वर्षदेखि रुसलानले बजार प्रवद्र्धन र ब्राण्ड पहिचानका नवीनतम सोचद्वारा ब्राण्डिङमा अग्रता हासिल गर्दै आफूले प्राप्त गरेको नेपालको अत्यन्त लोकप्रिय भोड्काको शानलाई निरन्तरता दिदै आएको छ । यो वर्ष रुसलानले ग्राहकहरुको अभिरुचीलाई ध्यानमा राखेर दुई नयाँ नवीनतम ब्राण्ड रुसलान अल्ट्रा प्रिमियम भोडका र रुसलान गोल्ड रिजर्भ भोडकाको रचना गर्न सक्षम भएको छ । र पहिलो पटक ब्राण्डले देशको युवा प्रतिभाहरुमा सर्वाधिक रुचाइएकी प्रियँका कार्कीसँग सहकार्य गरेर रुसलान स्वीमसूट क्यालेण्डर २०७६ प्रस्तुत पनि गरेको छ ।

हाइ–फेशन क्यालेण्डरहरु मार्फत् ब्राण्ड आबद्धताको परम्परा विश्वव्यापी रुपमा एक प्रचलित विषय हो र ती मध्ये केही विश्व–स्तरका ब्राण्डहरु छन् । रुसलान स्वीमसूट क्यालेण्डरका प्रत्येक पाना अत्यन्त जटिल, सन्तुलित र स्तरीयताको अद्भुत समीश्रण हो र यसको छायाँकन भैरहवा स्थित उत्कृष्ट आरामदायी टाइगर प्यालेस रिजोर्टमा गरिएको हो ।

यसमा तपाईको मत