बजार संक्षेप

आरएमडिसीको सातदिने तालिम

    2019-08-11

काठमाडौं– आरएमडिसी लघुवित्त वित्तीय संस्थाले सातदिने व्यावसायिक प्रवद्र्धनसम्बन्धी तालिम सम्पन्न गरेको छ ।
साउन १७ गतेदेखि २३ सम्म चलेको उक्त तालिममा आरएमडिसीका १२ साझेदार संस्थाबाट २६ जना वरिष्ठ तहका कर्मचारीको सहभागिता रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तालिमको माध्यमबाट उद्यमशीलता विकास गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।
संस्थाले पिछडिएका वर्गका महिलालाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।
 

यसमा तपाईको मत