काठमाडौं– देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । उक्त शाखाको बैंक सञ्चालक समितिका अध्यक्ष उपरथी बज्र गुरुङले उद्घाटन गरेका छन् ।
त्यस्तैै, बैंकले दाङको घोराही उप–महानगरपालिकाको हस्पिटल रोडमा पनि नयाँ शाखा विस्तार गरेको जनाएको छ । उक्त शाखाको उद्घाटन घोराही उप–महानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
यसमा तपाईको मत