बजार संक्षेप

रिजालको नयाँ पिभिसी र एचडिपी पाइप

    2019-06-12

काठमाडौं– रिजालकोे सेनोेलेक्स कम्पनीले नयाँ प्रविधियुक्त पिभिसी र एचडिपि पाइप बजारमा सार्वजनिक गरको छ । १६ एमएमदेखि आठ इन्चसम्मको पिभिसी र एचडिपी एन्ड फिटिङ्स बजारमा ल्याइएको कम्पनीका म्यानेजिङ डाइरेक्टर नविन रिजालले बताए । जर्मन प्रविधिबाट निर्माण गरी बलियो र सस्तो उत्पादन बजारमा ल्याएको उनको भनाइ छ । 
यो पाइप अन्य कम्पनीको भन्दा सस्तो र गुणस्तरमा बढी जोड दिएको रिजालको भनाइ छ । करिब ५० करोडको लगानीमा सञ्चालनमा आएको कम्पनीले अहिले बजारमा अत्यधिक माग रहेको आधारमा उत्पादन थालेको रिजालले बताए । उत्पादनलगत्तै बजारमा अत्यधिक माग भइरहेको जनाउँदै उद्योग स्थापनाको एक महिनामै ब्रान्डको रुपमा विकास भइसकेको रिजालको भनाइ छ ।
उद्योगबाट यसअघि पानी ट्यांक, ग्यास गिजर, सिपिभिसी पाइप उत्पादन गर्दै आए पनि नयाँ प्रविधिको प्रयोगमा यो कार्य थालनी गरिएको उनको भनाइ छ । 
कम्पनीको स्थापनाकालदेखि नै ब्रान्डको रुपमा विकास भइसकेकोले अहिलेलाई नाफामूलकभन्दा उत्पादनमूलक भएर काम भइरहेको जानकारी गराइएको छ ।
अन्य कम्पनीको नाफा कमाउने लक्ष्य तीन वर्षमा रहे पनि आफ्नो कम्पनीको लक्ष्य ६ वर्षको रहेको जनाउँदै नाफाभन्दा ग्राहकको सन्तुष्टिमा कम्पनीको ध्यान तथा लक्ष्यमा आधारित बढी उत्पादनमा केन्द्रित रहेको उनले बताए । जर्मन प्रविधिबाट निमाण गरिएको उत्पादनको गुुणस्तरमा कुनै कमजोरी हुन नदिएको कम्पनीको दाबी छ । आफ्नो उत्पादनको प्रयोगमा कुनै शंका तथा द्विविधा नराख्न कम्पनीको आग्रह रहेको छ ।
 

यसमा तपाईको मत