बजार संक्षेप

रेनोले ल्यायो चार्डपर्व अफर

    2019-08-27

काठमाडौं– रेनोको लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटो मोबाइलले दसैंतिहार चार्डपर्व अफर घोषणा गरेको छ । 
कम्पनीले ‘रेनो शुभ दिन छ’ स्किम ल्याएको जनाउँदै यस स्किममार्फत ग्राहकले थुप्रै फाइदा लिन सक्ने विज्ञप्तिमा उल्लेख छ । हरेक रेनो गाडी खरिदमा ग्राहकले पाँच लाखसम्मको नगद छुटका साथ विभिन्न फाइदा लिन सक्ने उल्लेख छ ।
योजनाअन्तर्गत रेनोका ग्राहकले नगद छुट, फ्री इन्स्योरेन्स, फ्री एसेसरिज, लोयल्टी बोनस, एक्सचेन्ज बोनस र पाँच वर्षको वारेन्टी रहेको छ । यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागू हुने कम्पनीले जनाएको छ ।
 

यसमा तपाईको मत