बजार संक्षेप

सिटी एक्सप्रेस मनी ट्रान्सफर र बि एफ सी बैंक विच रेमिटान्स कारोबार

  नागरिक   2019-09-26

काठमाडौँ- बेलायतको ख्यातिप्राप्त रेमिटान्स कम्पनी Ez Remit (बि एफ सी बैंक) र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबर सुरु भएको छ। कुवेत, बहराईन मलेशिया ,भारत, बेलायत लगायत विश्व भरी रहेको Ez Remit (बि एफ सी बैंक)को ब्रान्च तथा एजेन्टहरुबाट अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकिने र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध सात हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने जानकरी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Ez Remit (बि एफ सी बैंक)को तर्फबाट प्रमुख बित्तिय अधिकृत एम मल्लिकले हस्ताक्षर गर्नभएको छ। सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्वभरी आफ्नो रेमिट एजेन्टहरुबाट सात हजार भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ। 
               
 

यसमा तपाईको मत