बजार संक्षेप

‘रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना’

  नागरिक   2021-10-24

रिलायन्स लाइफ इन्स्योरेन्सले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना’ सार्वजनिक गरेको छ। सो योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बिमालेखको वार्षिकोत्सव अवसरमा बिमांकको ५ प्रतिशत रकम भुक्तान गरिनेछ।

सो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन्। १५ वर्षको बिमा अवधिको समाप्तिमा बिमितलाई अग्रिम वार्षिक रूपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बिमांक रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बिमा अवधिको समाप्तिमा अग्रिम वार्षिक रूपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बिमांक रकम, आर्जित बोनस र बिमांक रकमको १० प्रतिशत थप रकम एक पटकका लागि मात्र प्रदान गरिनेछ।

यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन्। योजनाअन्तर्गत न्यूनतम बिमांक रकम १ लाख रूपैयाँ कायम गरिएको छ।

यसमा तपाईको मत