बजार संक्षेप

आइएमई जनरल इन्स्योरेन्समा रेग्मी

  नागरिक   2019-11-28

काठमाडौं– आइएमई जनरल इन्स्योरेन्सको सञ्चालक समितिले कम्पनीको नायब महाप्रबन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
स्नातकोत्तर तह उत्तीर्ण रेग्मी विगत २७ वर्षदेखि निर्जीवन बिमा तथा वित्त क्षेत्रमा कार्यरत छन् । उनीसँग तत्कालीन एनआइडिसी क्यापिटल मार्केट, युनाइटेड इन्स्योरेनस कम्पनी, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ डेभलपमेन्ट बैंक र आइएमई जनरल इन्स्योरेन्स काम गरेको अनुभव रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत