बजार संक्षेप

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

  नागरिक   2019-11-13

काठमाडौं– राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ ।
यो गिनिज वर्ल्ड रेकर्डको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो सत्रको आधिकारिक प्रयास भएको जनाइएको छ । यसमा ११ सय बालबालिकाको सहभागिता रहेको उल्लेख छ ।
उक्त कार्यक्रममा राउन्ड टेबलका अन्तर्राष्ट्रिय अध्यक्ष सेवास्टियन वाल्टर, अन्तर्राष्टिय सचिव मार्क ग्रिमेसाउसेन, एसिया प्रशान्त अध्यक्ष जयन्त अग्रवाल, राउन्ड टेबल नेपालका सचिव राहुल लगायतको सहभागिता रहेको थियो ।

राउन्ड टेबल नेपाल

राउन्ड टेबल नेपाल एक गैर राजनीतिक संस्थाहो जसले केहीदशक देखि समुदायविकासको लागीकामगर्दै आईरहेको छ । यस अन्तराष्ट्रिय मैत्रीपूर्ण संस्थामा ईच्छुक युवापुस्ताहरुले आफ्नो व्यक्तिगत र व्यवसायिक रुपमाउन्नतिगर्ने मौकाप्राप्तगर्दछन् । स्वेच्छिक योगदानमार्फत सेवा गरी समुदायहरुको विकासमा योगदान पुर्याउनुनै यस संस्थाको मुख्य उद्देश्यहो ।युवाहरुको स्वेच्छिक योगदान मार्फत १९९९ मा स्थापना भई यस संस्थाले हाल सम्म निरन्तर रुपमाआर्थिक तथा सामाजिक रुपमा विपन्न विभिन्न समुदायहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

लाखौं पिछडिएका बालबालिकाहरुलाई मध्यनजर गर्दै, राउन्ड टेबल नेपालले"Build the Nation Through Education” भन्ने राष्ट्रिय परियोजनाविस्तार गरी शिक्षाको ज्योतीबाट बञ्चित लाखौं बालबालिकाहरुलाई शिक्षित बनाउने प्रयास Freedom Through Education (FTE) परियोजना सुरु गरेको छ । जस अन्तर्गत यस संस्थाले नेपालका विभिन्न जिल्लाहरुमा रहेका विभिन्न ४७ वटा विद्यालयहरुका विद्यार्थीहरुका लागि ३२० वटा कक्षाकोठाहरु निर्माण गरी सहयोग गरेको छ जसले गर्दा प्रत्यक्ष रुपमा बार्षिक रुपमा २०००० भन्दा बढी विद्यार्थीहरुले लाभ प्राप्त गरिरहेका छन् ।

यसमा तपाईको मत