बजार संक्षेप

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

    2019-08-25

काठमाडौँ- मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। यसै उपलक्ष्यमा रिचार्जर एप डाउनलोड गरी खाता खोल्नेहरु मध्येबाट एक जनालाई सामसुङको ए ट्वान्टी मोबाइल बितरण गर्ने भएको छ। यही भदौ २५ गते १६ः३० बजे रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी मोबाइल विजेता घोषणा गर्ने रिचार्जरले आफ्नो प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ। 

नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै रिचार्जरले घरघरमै ग्याजेट्स मेला सञ्चालन गर्ने भएको छ । ‘बिजी लाईफ, इजी सोलुसन’ भन्ने नाराका साथ सेवा दिइरहेको रिचार्जरले यहि भदौ ११ गतेदेखि २ सातासम्म ग्याजेट्स मेला संचालन गर्न लागेको हो । ‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजना सहित रिचार्जरले मेला सञ्चालन गर्न लागेको हो । विभिन्न बैंक तथा ब्राण्डसँगको सहकार्यमा रिचार्जरले ग्याजेट्स मेला सञ्चालन गर्न लागेको कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ।

डिजिटल सपिङ हबमा आफुलाई अब्बल बनाउँदै गएको रिचार्जरले नेपालमै पहिलो पटक मोटर साइकल, गाडी समेत बुकिङ गरी किस्ताबन्दीमा किन्न सकिने व्यवस्था मिलाएको छ ।  

अनलाइन मेलामा सस्तो मुल्यामा  मोबाईल तथा ईलेक्ट्रोनिक्स ग्याजेटहरु शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिने रिचार्जरले जनाएको छ। भदौ ११ गतेबाट हुने ग्याजेट मेलामा अफर भित्र अफर अन्तर्गत सेवाग्राहीले सरप्राईज गिफ्टह्याम्पर पाउने छन्। अफर भित्र अफर सहित ६० प्रतिशतसम्मको छुटका साथै क्यास प्वाइन्ट रिडीम गरी मेलामा सुलभ मुल्यमा सामान किन्न सकिने जानकारी गराएको छ।

मेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कण्डिसनर, रेफ्रिजिरेटर लगायतका उपकरणहरु शुन्य प्रतिशत व्याजदरमा घरमा बसेर अर्डर गर्न सकिने छ। यसका साथै बुबाको मुख हेर्ने दिनलाई लक्षित गर्दै रिचार्जरले उपहारको सामान संगै केक तथा फुलको गुच्छासहितको गिफ्ट प्याकेज उपत्यका भित्र १ घण्टामा घरमै डेलिभरी दिने व्यवस्था मिलाएको जानकारी उक्त प्रेस बिज्ञप्तिमा जनाएको छ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्काल १०० क्यास प्वाइन्ट पाउने छन्। रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो, त्यति नै क्यास प्वाइन्ट पाइन्छ। विभिन्न किसिमका सेवाहरुको बिल भुक्तान गर्दा पनि २० प्रतिशतसम्मको क्यास प्वाइन्ट पाइन्छ। यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा रिडीम गरी प्रयोग गर्न सकिन्छ । केही समय पछि यस्तो क्यास प्वाइन्टबाट मात्र पनि सामान खरिद गर्न सकिने व्यवस्था मिलाउन लागिएको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताएको जनाएको छ। 

रिचार्जर एपबाट सामान खरिद, मोबाइल रिचार्ज, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा दर्जन बढी बैंकको इ बैंकिंगका साथै विभिन्न पेमेण्ट गेटवे र मास्टर तथा भिसा डेविट र क्रेडिट कार्डबाट पैसा तिर्न सकिन्छ। नयाँ पुस्ताको जीबन शैली सरल बनाउने लक्ष्यको साथ सेवा तथा सपिंगको नयाँ गन्तब्यको रुपमा रिचार्जरले सेवा बिस्तार गर्दै गईरहेको जानकारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। 


 

यसमा तपाईको मत