अन्य

अमेरिकी आरसी कोलाको नेपालमै उत्पादन

    2021-08-25

अमेरिकी हल्का पेय पदार्थ आरसी कोलाको उत्पादन नेपालमै सुरु गरिएको छ। नेपालमा भेन्चुरा बोटलर्स प्रालिले ५० करोड लागतमा यसको उत्पादन सुरु गरेको जनाएको छ।

कम्पनीका अनुसार आरसी कोला विभिन्न फरक स्वादमा उपलब्ध छन्। आरसी कोला, माइट्टी रेन, आरसी क्यू लेमन लाइम, आरसी क्यू अरेन्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटरको उत्पादन सुरु भएको कम्पनीले जनाएको छ। आरसी, अन्तर्राष्ट्रिय तवरमा मान्यता प्राप्त उत्कृष्ट कार्बोनेटेड हल्का पेय पदार्थ रहेको कम्पनीको दाबी छ।

यसको कच्चा पदार्थ अमेरिकाको जर्जिया प्रान्तको कोलम्बसबाट आयात गरी मकवानपुरमा उत्पादन सुरु भएको हो।
आरसीका उत्पादनहरू अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडिए), युरोपियन खाद्य सुरक्षा निकाय (इएफएसए) का साथै एसिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायबाट अनुमोदन तथा नियमन समेत हुँदै कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाईको मत