बजार संक्षेप

रारामार्ट अनलाइनबाट सपिङ गर्दा निःशुल्क स्वास्थ्य बिमा

    2019-08-09

काठमाडौं, साउन २३ (नागरिक)– नेपाली युवाको अगुवाइमा जापानबाट सुरु भएको रारामार्ट ब्रान्डले नेपालमा पनि सेवा सुरु गरेको छ । ६ महिनादेखि नेपालमा रारामार्ट डटकम नामबाट सञ्चालनमा आएको रारामार्टले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी सपिङ गर्दा परिवारको निःशुल्क स्वस्थ्य उपचार दिने घोषणा गरेको छ ।
रारामार्ट नेपालका अध्यक्ष प्रदिपजंग पाण्डेले प्रिमियर इन्स्योरेन्स कम्पनीसँगको सहकार्यका निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको जानकारी दिए । रारामार्टबाट सपिङ गर्दा ग्राहक र ग्राहकको परिवारका सदस्यले निःशुल्क रुपमा बिमाको सीमाभित्र उपचार खर्च पाउनेछन् । 
अध्यक्ष पाण्डेका अनुसार रारामार्टका ग्राहकले पाउने स्वास्थ्य बिमा सुबिधा न्यूनतम् २५ हजार र अधिकतम् एक लाख रुपैयाँ हुनेछ र सुबिधा रारामार्टमा रहेका करिब २५ हजार प्रडक्टमध्ये जुनसुकै खरिद गर्दा प्राप्त गर्न सकिने छ ।
बिमा दाबी र भुक्तानीसम्बन्धी प्रावधानहरु नेपालको बिमासम्बन्धी ऐन तथा बिमा समिति नेपालको निर्देशिकामा गरिएको प्रचलित व्यवस्था अनुरुप प्रिमियर इन्स्योरेन्स कम्पनीबाट प्राप्त हुने बताइएको छ ।
रारामार्ट ई–कमर्स प्लेटफर्म हो जसमा करिब २५ हजार प्रडक्ट सूचीकृत छन् । ग्राहकले आफूले चाहेको सामान इन्टरनेटको माध्यमबाट खरिद गर्न सक्छन् भने बिक्रेताले पनि आफ्ना वस्तु रारामार्टको प्लेटफर्ममा दर्ता गरी बिक्री वितरण गर्न सक्नेछन् । 
काठमाडौंको रिङरोडभित्र रारामार्टले निःशुल्क तथा २४ घन्टे डेलिभरी सुविधा दिने बताएको छ । हाल एक हजारभन्दा बढी बिक्रेताको करिब २० हजारभन्दा बढी सामान रहेको र अमेरिकामा पनि कम्पनी दर्ता गरिसकेको हुँदा सन् २०२० बाट अमेरिकामा पनि कार्य प्रारम्भ गर्ने जनाइएको छ । रारामार्टले हरेक शुक्रबारलाई अनलाइन हाटबजारका रुपमा भारी छुटमा सामान बिक्री गर्ने गरी ‘रारा फ्राइडे’ सार्वजानिक गरेको छ ।


 

यसमा तपाईको मत