बजार संक्षेप

पञ्चकन्या सिपिभिसी पाइपलाई गुणस्तर चिह्न

  नागरिक   2019-12-30

काठमाडौं– नेपाल गुणस्तर तथा नापतौल विभागले पञ्चकन्या सिपिभिसी पाइपलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको छ । पञ्चकन्या ग्रुपले आइतबार प्रेस विज्ञप्ति जारी गरी सो जानकारी गराएको हो । 
गुप्रले प्लास्टिक पाइप भारत निर्यात गर्ने मात्र नभई अरु पनि नौलो काम गर्दै आएको जनाएको छ । विगत ९ वर्षअघि बजारमा आएको पञ्चकन्या सिपिभिसी पाइप लोकप्रिय बन्दै आएको ग्रुपले जनाएको छ । उच्चस्तरीय जापानी कच्चा पदार्थबाट आधुनिक प्रविधि प्रयोग गरी पाइप निर्माण गर्ने पञ्चकन्या ग्रुप नेपालको पहिलो भएको दाबी विज्ञप्तिमा गरिएको छ । गु्रले भारतीय आइएसआई स्ट्यान्डर्स सर्टिफिकेट र अमेरिकन स्ट्यान्डर्स अनुरुप काम गर्दै आएको दाबी गरेको छ । यो नेपाल गुणस्तर चिह्न एनएस ५७० प्राप्त गर्ने पहिलो नेपाली सिपिभिसी पाइप भएको दाबी विज्ञप्तिमा गरिएको छ । 

यसमा तपाईको मत