बजार संक्षेप

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

  नागरिक   2019-12-13

दोहा, कतार – कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । नेपालको सबैभन्दा ठूलो फुटबल लिग कतार एयरवेज ए डिभिजन शहीद स्मारक लिग १४ डिसेम्बर २०१९ देखि १५ फेब्रुअरी २०२० सम्म हुनेछ । यस साझेदारीसँगै कतार एयरवेजको लोगो प्रतियोगितामा सहभागी सबै १४ क्लबको जर्सीमा देखिने छ । यसको साथमा कम्पनीले बोर्ड, रंगाशालाका झण्डा, एल ई डी स्क्रीन तथा डिजिटल लगायतका सामाग्री प्रायोजन गर्ने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
“यस साझेदारीसँगै हामी निकै उत्साहित छौँ जसबाट कतार एयरवेजले देशकै फुटबल विकासमा सहयोग पुर्याउनेछ। खेलकूदले सबैलाई एक बनाउने हाम्रो विश्वास छ र यसप्रतिको हाम्रो समर्पणको एक उदाहरण हो यस साझेदारी । ” कतार एयरवेज ग्रुप प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भनेको जानकारी उक्त जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
 

यसमा तपाईको मत