बजार संक्षेप

पोखरामा प्रोग्रेसिभ फाइनान्स

  नागरिक   2019-09-16

काठमाडौं– प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । 
पोखरा महानगरपालिकाका मेयर   मानबहादुर जिसीले उक्त शाखको उद्घाटन गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फाइनान्सले  काठमाडौंको तीनकुनेमा कर्पोरेट कार्यालय र न्युरोडमा मुख्य शाखा सहित तीनवटा शाखा र ललितपुरको पुल्चोक, महालक्ष्मीस्थान तथा भक्तपुरको थिमिमा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएकोे छ ।
देशका सवै भूगोलको प्रतिनिधित्व हुने गरी शाखा बिस्तार गर्ने योजना रहेको जनाउँदै कम्पनीले निकट भविष्यमा धनुषाको सबैला, महेन्द्रनगर र सर्लाहीको मलंगवामा शाखा खोल्ने योजना रहेको जनाएको छ ।
ग्राहकलाई बढी प्राथमिकतामा राखी बैंकिङ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको  विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत