बजार संक्षेप

प्रिज्मा एड्भरटाइजिङको ३०औं वार्षिकोत्सव

  नागरिक   2021-10-04

प्रिज्मा एड्भरटाइजिङले ३०औं वार्षिकउत्सव मनाएको छ। रचनात्मक नेतृत्व र ३६० डिग्रीको ब्रान्ड स्टिवार्डसिपको मूल उद्देश्यबाट अगाडि बढेको प्रिज्माले सुरुआतमा झैं आज पनि त्यही उद्देश्यलाई आत्मसाथ गर्दै अगाडि बढ्दै आएको विज्ञप्तिमा जनाएको छ। प्रिज्मा सन् २००४ देखि २००८ मा लगातार पाँच वर्ष उत्कृष्टको सम्मान पाएको एजेन्सी भएको र यसले अमेरिकाको प्रतिष्ठित कम्पनी जोन्सन एन्ड जोन्सनले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवार्ड बेल रिंगर २००० समेत जितेको जनाएको छ।

कम्पनीले रचनात्मक डिजाइन, अभियान निर्माण तथा कार्यान्वयन, ब्रान्डको रणनीति तथा विकास, प्रोडक्सन तथा फ्याब्रिकेसन, अडियो भिजुअल निर्माण, मिडिया तथा प्रेस विज्ञप्ति, पब्लिक रिलेसन तथा सामाजिक सञ्जाल र डिजिटल मार्केटिङ लगायत विशेषताले पूर्ण सुविधा दिँदै आएको विज्ञप्तिमा उल्लेख छ। साथै, प्रिज्माले कोका–कोला, बजाज पल्सर, मेरो मोबाइल, एनसेल, अर्घाखाँची सिमेन्ट, नेस्ले, एभ्रिडे लगायत थुप्रै ग्राहकका अभियानहरू कार्यान्वयन गरेको जनाएको छ।

यसमा तपाईको मत