बजार संक्षेप

लुम्बिनी विकास बैंकका अध्यक्षद्वारा शपथ ग्रहण

  नागरिक   2019-09-02

काठमाडौं– लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष दशरथ रिसालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसमक्ष आइतवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । 
बैंक तथा वित्तीय संस्थाको सञ्चालक पदमा रही कार्य गरेको करिब १२ वर्षको अनुभव रहेका रिसालको विभिन्न व्यावसायिक तथा सामाजिक संस्थामा लामो समय काम गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । 
उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, कामु निर्देशक विरेन्द्रदत्त अवस्थी र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराको उपस्थिति रहेको जनाइएको छ ।
                            

यसमा तपाईको मत