बजार संक्षेप

विकास हाइड्रोको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

  नागरिक   2021-09-19

विकास हाइड्रोपावरले प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो नियुक्तिसम्बन्धी सम्झौता पत्रमा विकास हाइड्रोका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।  

विकास हाइड्रोले गोरखाको दार्चे गाउँपालिकास्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। ४.५५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको कम्पनीको हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ।

कम्पनीले अधिकृत तथा जारी पुँजी ४६ करोड २८ लाख ५० हजार रूपैयाँको ३० प्रतिशतले हुनआउने १३ करोड ८८ लाख ५० हजार रूपैयाँबराबरको १३ लाख ८८ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ।

यसमा तपाईको मत