बजार संक्षेप

प्रभु बैंकको थप एक्सटेन्सन काउन्टर

  नागरिक   2020-01-02

काठमाडौं– प्रभु बैंकले सुनसरीको इनरुवा नगरपालिका, वडा नम्बर १, जिल्ला प्रशासन कार्यालयमा  एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
उक्त सेवाको प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले उद्घाट्न गरेको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले उक्त सेवा विस्तारमार्फत प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल बनाउने अपेक्षा गरिएको छ ।
उक्त काउन्टरबाट स्थानीयबासी र सेवाग्राहीले गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 
प्रभुले दुई सय दुई शाखा, एक सय ५२ एटिएम ४० एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित एकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।
 

यसमा तपाईको मत