बजार संक्षेप

मलंगवामा प्रभु बैंकको शाखा

  नागरिक   2019-12-20

काठमाडौं– प्रभु बैंकले सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर–९ मा शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरेको बैंकले जनाएको छ ।
बैंकिङ पहुँच नपुगेको ठाउँमा शाखा सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह गर्न उक्त शाखा विस्तार गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त शाखाबाट स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानी विकास भई स्थानीय स्तरको सम्पूर्ण आर्थिक कारोबार तथा उक्त क्षेत्रको समग्र आर्थिक उन्नतिमा महŒवपूर्ण योगदान पुग्ने बैंकको विश्वास छ ।
 

यसमा तपाईको मत