बजार संक्षेप

प्रभु बैंक र अर्बिट मेडिकलबीच सम्झौता

    2019-07-28

काठमाडौं– प्रभु बैंक र अर्बिट मेडिकल इन्ट्रान्सबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट सिफारिस भई आएका उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीले बैंकको सबै शाखाबाट नगद जम्मा गर्ने, विदेशी मुद्रा सटही सुविधा, स्विफ्ट, टिटी, अनलाइन पे–मेन्ट र ड्राफ्ट आदिका माध्यमबाट गरिने आइएलटिएस, टोफेल, जिआरई, स्याट, जिम्याट तथा ट्युसन फी आदि शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, शैक्षिक कर्जा आवश्यक परेमा सर्वसुलभ तरिकाबाट उपलब्ध गराइने उल्लेख छ । उक्त सहमतिपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा अर्बिटका प्रबन्ध सञ्चालक सुनिल रेग्मीले हस्ताक्षर गरेको जनाइएको छ ।
 

यसमा तपाईको मत