बजार संक्षेप

‘प्रभु बैंक डिबेन्चर २०८४’ निष्कासन सम्झौता

  नागरिक   2019-11-28

काठमाडौं– प्रभु बैंकले ‘प्रभु बैंक डिबेन्चर २०८४’ दुई अर्ब बराबरको डिबेन्चर १० प्रतिशत ब्याज सहित आठ वर्षको लागि निष्कास्न गर्न नबिल इन्भेस्टमेन्ट बैंकिङलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 
२० लाख कित्ता डिबेन्चरमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी सर्वसाधारणमा निष्कासन गरिने बैंकले जनाएको छ ।
उक्त कार्यको लागि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेस्टमेन्टका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठबीच सम्झौता भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत