बजार संक्षेप

प्रभु बैंकद्वारा थप दुई शाखा विस्तार

    2019-07-30

काठमाडौं– प्रभु बैंकले पर्वतको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवामा र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ स्थित विरेठाँटीमा शाखा विस्तार गरेको छ ।
डिमुवा शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल र बिरेठाँटी शाखाको उद्घाटन उक्त गाउँपालिकाका अध्यक्ष घनश्याम चपाईले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विस्तारित शाखाबाट सर्वसाधारणलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ सेवा उपलब्ध हुँने जनाउँदै सेवाग्राही बैंकिङ पँहुचभित्र ल्याउन सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपुर्ण योगदान पुग्ने आशा बैंकले लिएको छ । 

यसमा तपाईको मत