बजार संक्षेप

प्रभु बैंकको शाखा विस्तार

  नागरिक   2019-09-11

काठमाडौं– प्रभु बैंकले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५, कालाबञ्जरमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बराह क्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त शाखाको उद्घाटन कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवी लगायतको सहभागिता रहेको जनाइएको छ ।
उक्त शाखाबाट स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ–संस्थाले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकास भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गराउन सहयोग पु¥याउने अपेक्षा लिएको छ । 
हाल बैंकले एक सयय ९५ शाखा, २९ एक्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ तथा एक सय ५२ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ । 

यसमा तपाईको मत