बजार संक्षेप

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

    2019-05-25

काठमाडौं -किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो । 

बिहीबार साँझ पोखरामा एक कार्यक्रमको आयोजना गरी लाउञ्जको औपचारिक सुरुवात गरिएको हो । लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले केक काटेर लाउञ्जको औपचारिक सुरुवात गरेका हुन् । लाउञ्जले काठमाण्डौंमा छोटो समयमा पाएको व्यवसायिक सफलताका साथै पर्यटकीय नगरी पोखराबासीको चहनालाई मध्यनजर गर्दै पोखरामा सेवा सुरु गरिएको लाउञ्जका अध्यक्ष श्रेष्ठले बताए । 

पोखराबाट किंग्स लाउञ्जले उत्कृष्ट सेवा दिने प्रतिबद्धता पनि श्रेष्ठले जनाए । काठमाण्डौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई पोखरामा अझै परिष्कृत रुपमा पस्किने श्रेष्ठको भनाई छ । लाउञ्जले पाएको सफलताको श्रेय देश तथा विदेशमा रहेका लाउञ्जका सेवाग्राहीलाई दिएका श्रेष्ठले गुनासो गर्ने अवस्था आउन नदिने बताए । 

लाउञ्जले सेवा सुरु गरेको उपलक्ष्यमा तीन दिनसम्म सेवाग्राहीलाई कुनै पनि समयमा २० प्रतिशत छुट उपलब्ध गराउने छ । बर्थडे, एनिभर्सरी, फेयरवेल लगायतका गेट टुगेदर गर्न आउनेहरुलाई लाउञ्जले निशुल्क केक उपलब्ध गराउने छ । यसका साथै हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागि महिलाहरुलाई ककटेल निशुल्क उपलब्ध गराउने लाउञ्जले जनाएको छ।

 

खेलप्रेमीहरुलाई लक्षित गर्दै लाउञ्जले १८ फिट लम्बाई तथा १२ फिट उचाईको फूल एचडी स्क्रीनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुको प्रत्यक्ष प्रशारण समेत गर्नेछ । यसले पोखराका खेलप्रेमीहरुका लागि किग्ंस लाउञ्ज उचित गन्तव्य बन्ने अपेक्षा गरिएको छ । 

छोटो समयमा आफुलाई देशकै नमूना रेष्टुरेण्ट बनाउन सफल भएको दाबी लाउञ्ज व्यवस्थापनको छ । यही सफलतालाई केन्द्रमा राखेर पोखरासँगै मुलुकका अन्य शहरमा पनि बिस्तारै शाखा बिस्तार गर्दै लैजाने लाउञ्ज व्यवस्थापनले जनाएको छ । 
नयाँ तथा पुराना संगीतहरुले भरपुर मनोरन्जन दिनुका साथै आफु स्वयमले पनि गाउन सक्ने, शान्त पारिवारिक वातावरण भएको, परिवारका सम्पुर्ण सदस्यले एकैसाथ मनोरन्जन लिन सक्ने वाताबरण लाउञ्जले मिलाएको छ । यसका साथै सेवाग्राहीको आवश्यक्ता अनुसार घरसम्म निःशुल्क छोडिदिने ब्यवस्था पनि लाउञ्जले मिलाएको छ । 

लाउञ्जले दिउसोको समयमा आउने ग्राहकहरुलाई २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । बिहान १० बजेदेखि खुल्ने लाउञ्जले लेटनाइटसम्म सेवा दिने छ ।
 

यसमा तपाईको मत