बजार संक्षेप

पोखरा फाइनान्सको सभा

  नागरिक   2020-01-05

काठमाडौं– पोखरा फाइनान्सको २३औं वार्षिक साधारण सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष ०७५/७६ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट चुक्ता पुँजीको सात प्रतिशतका दरले बोनस सेयर र सात प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले सर्वसाधारण सेयरधनी समूहबाट मेजर प्रेमबहादुर थापा, दिपेन्द्रकुमार गौतम र कृष्णबहादुर गुरुङलाई आगामी चार वर्षको लागि सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ । सभाले आर्थिक वर्ष ०७६/७७ का लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै उपयुक्त बैंक वित्तीय संस्थासँग गाभ्ने÷गाभिने निर्णय समेत गरेको जनाइएको छ । 
 

यसमा तपाईको मत