बजार संक्षेप

मानभवन र गोंगुबमा पोखरा फाइनान्स

  नागरिक   2019-10-03

काठमाडौं– पोखरा फाइनान्सले ललितपुरकाकधे मानभवन र काठमाडौंको गोंगबुमा शाखा विस्तार गरेकोे छ । ती शाखाको उद्घाटन वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।   
यी शाखामार्फत संस्थाले निक्षेप संकलन, कर्जा लगानी, मोबाइल बैंकिङ, सी–आस्बा, आइपिएस, चेक क्लियरिङ, रेमिट्यान्स लगायत आधुनिक बैंकिङ सेवा दिने संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए ।

यसमा तपाईको मत