बजार संक्षेप

पल्सर डेयर भेन्चरले भोलि रंगशाला सफा गर्ने

  बिश्वास खनाल   2019-12-09

काठमाडौँ- पल्सर डेयर भेन्चर सीजन चारका प्रतियोगीहरूले नेपाल र बंगलादेश बीच भएको खेल पश्चात स्टेडियम सफा गर्ने प्रयास गरेको छ। उनिहरुले नेपाल र बाङ्लादेश खेलपछि स्टेडियम सफा गरेको हो। एउटा सानो प्रयासले ठूला परिवर्तनहरू ल्याउन सक्छु भन्ने नाराका साथ पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। उक्त सरसफाई कार्यक्रममा सहभागी हुन चाहनेहरु सबैले हातेमालो गर्न सक्ने कम्पनीले जनाएको छ। पल्सर डेयर भेन्चरको कामलाई सबैले सामाजिक सञ्जाल मार्फत प्रसंशा गरिरहेका छन्।

यसमा तपाईको मत