बजार संक्षेप

प्लाष्टिक डिलरमिट २०७६

    2019-08-10

काठमाडौँ- पञ्चकन्या ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनको डिलरमिट २०७६ यहि श्रावण १७ गते होटल एम्बासडर काठमाण्डौमा सम्पन्न भएको छ । उक्त डिलरमिट कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक श्री प्रदीप कुमार श्रेष्ठले आगमी दिनहरु चुनौतीपुर्ण रहेकोले अझ सशक्त ढंगले अगाडी बढ्नु पर्ने हौसला डिलरहरुलाई प्रदान गर्नुका साथै कम्पनीका  उत्पादनहरुको गुणस्तर र सेवालाई आगामी दिनमा अझ सुद्रढ गर्देै लैजाने र आम उपभोक्ताको मन जित्ने घोषणा गरेको कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेख छ।
देशभरीबाट करीव ७० जना डिलर प्रतिनिधिहरुको प्रतिनितित्व रहेको उक्त भेटघाट कार्यक्रममा कम्पनीका डाइरेक्टर श्री आशिक श्रेष्ठले  नयाँ उत्पादनहरुको बारेमा जानकारी गराएका थिए भने कम्पनीका सिनियर मेनेजर श्री गणेश कुमार कार्कीले  गत आर्थिक वर्षको बार्षिक समिक्षा विवरण पेश गरेको उक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ।
 

यसमा तपाईको मत