बजार संक्षेप

सनराइजको बृक्षरोपण

  नागरिक   2019-09-23

काठमाडौं– सनराइज बैंकले १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा बृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । बैंकले काठमाडौंको बूढानीलकण्ठस्थित राधाकृष्ण मन्दिरबाट कार्यक्रम सुरु गरेको थियो । कार्यक्रम उद्घाटन बैंकका अध्यक्ष मोतीलाल दुगड र स्कोनका अध्यक्ष रुपेश जोशीले गरेका थिए ।  बैंक सञ्चालक समितिका सदस्य बच्छराज तातेड लगायत बैंकका अन्य पदाधिकारीले बृक्षरोपण गरेका थिए । सोही दिन बैंकले आफ्नो बिराटचोक, जनकपुर, सुन्दरबजार, मणिग्राम, सानीभेरी र डडेलधुरा शाखाबाट पनि बृक्षरोपण कार्यक्रम गरेको थियो ।

यसमा तपाईको मत