बजार संक्षेप

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

    2019-06-16

 

काठमाडौं- नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ । 
रुलर मार्केटिङ एसोसियसन अफ इन्डियाको आयोजनामा जुन २१ मा हुने उक्त ११औं अवार्ड समारोहमा नेपाल, भारत, बंगलादेश सहित दक्षिण एसियाली देशहरुको सहभागितामा रहने जानकारी गराइएको छ । 
आरएमआईले ग्रामीण क्षेत्रलाई लक्षित गरेर बनाएका उत्कृष्ट विज्ञापनमध्येबाट छनोट गरी पुरस्कार वितरण हुने तयारी रहेको जारी विज्ञप्तिमा उल्लेख छ । संस्थाले ६ वटा विधा तथा उप–विधा अन्तर्गत उत्कृष्ट विज्ञापन कम्पनीलाई अवार्ड प्रदान गर्ने जनाएको छ ।
 

यसमा तपाईको मत