बजार संक्षेप

कोकको बोटलमा आमाका लागि पर्सनलाइज्ड म्यासेज

  नागरिक   2019-10-16

काठमाडौं,– कोका–कोलाले आफ्नो ‘मन खोलौं कोक सँग’ दशैं तिहार अभियानलाई निरन्तरता दिदैं ग्राउन्ड एक्टिभेसन सुरु गरेको छ । 
ग्राउन्ड एटिभेसनमा उपभोक्ताले ५०० एमएलको कोक बोटलको लेबलमा पर्सनलाइज्ड म्यासेज प्रिन्ट गरेर आफ्नो आमालाई दिन सक्ने कम्पनीले जनाएको छ । यो एक्टिभेसन १६ अक्टोबरमा सुरु भएर सेल्सबेरी, भाटभटेनी सुपरमार्केट, सेल्सवे र बिगमार्टको विभिन्न स्थानमा तीन नोभेम्बरसम्म जारी रहने बताइएको छ । 
सीतापाइलास्थित सेल्सबेरीमा अक्टोबर १६ मा एक्टिभेसन हुनेछ भने दोस्रो दिन नक्साल, पाटन, भक्तपुर, कलंकी भाटभटेनी लगायत स्थानमा क्रमशः एक्टिभेसन जारी रहने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यसमा तपाईको मत