बजार संक्षेप

बिमा दाबी रकम भुक्तानी

  नागरिक   2020-01-02

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्सले सल्यानमा बिमा जागरण अभियान तथा मृत्यु दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ । 
बिमित स्वर्गीय केवलप्रसाद वस्नेतले प्रथम बिमा शुल्क ४८ हजार सात सय ६४ रुपैयाँ भुक्तानी गरी पाँच लाख बिमांकको जीवन बिमा गरेको जनाउँदै कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती तीला बस्नेतलाई पाँँच लाख १७ हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरेको जनाइएको छ ।
साथै कम्पनीले जिल्लामा बिमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम पनि सम्पन्न गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
 

यसमा तपाईको मत