बजार संक्षेप

एनएमवि बैंकद्धारा विमा रकम भुक्तानी

  नागरिक   2019-12-25

काठमाडौँ- एनएमवि बैंकले गोरखा जिल्ला भिमसेन गाँउ-पालिका, वडा नं. ३ तान्द्राङ निवासी श्रीमती गंगादेवी सापकोटालाई निजको छोराको जिवन विमा वापतको क्षतिपूर्ति विमा रकम रु ७,००,०००।- (अक्षेरुपी सातलाख रुपैया मात्र) हस्तान्तरण गरेको छ । बैंकका कार्यकारी अधिकृत सुनिल के.सी तथा प्रमुख ब्यापार अधिकृत गोविन्द घिमिरे तथा प्रदेश ४ का प्रदेश प्रमुख,  गणेश पराजुलीको उपश्थितिमा गोरखा स्थित बैंकका जेष्ठ सँस्थापक सदस्य श्री धिरज वहादुर मास्केले उक्त रकम बरावरको चेक हस्तान्तरण गरेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

हाल एनएमबी बैंकको देशैभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
 

यसमा तपाईको मत