बजार संक्षेप

पाथीभराले पायो नेपालकै पहिलो अन्तराष्ट्रिय उत्कृष्ठ विज्ञापन एजेन्सी अर्वाड

  नागरिक   2019-09-23

काठमाडौँ- इटहरीमा प्रमुख कार्यालय रहेको पाथीभरा एड्भरटाईजिङ इन्टरनेशनल प्रोफेसनल एचिभमेन्ट अर्वाड २०१९ प्राप्त गर्ने नेपालकै पहिलो विज्ञापन एजेन्सी भएको छ। विज्ञापन एजेन्सी संघ (आन)का प्रदेश नम्बर १ संयोजक समेत रहेका इटहरी निवासी पाथीभराका संचालक पवन अधिकारीले दुवईमा आयोजित एक कार्यक्रमका बीचमा नेपालकै पहिलो एजेन्सीको रुपमा सो अवार्ड प्राप्त गरेका हुन्। नेपाली समय अनुसार शुक्रवार राती मध्यान्ह १२ बजे दुवईको एभरेष्ट क्लबमा आयोजित एक भब्य कार्यक्रममा उनले नेपाल सरकारका कृषी मन्त्री चक्रपाणी खनालको हातबाट सो अन्तराष्ट्रिय अर्वाड प्राप्त गरेका हुन्। पहिलो अवार्ड वितरण कार्यक्रममा अधिकारीले उत्कृष्ठ विज्ञापन एजेन्सीका रुपमा सो अवार्ड प्राप्त गरेका हुन्। सिजन मिडिया र पत्रकार महासंघ दुवइ शाखाद्धारा संयुक्त रुपमा आयोजना गरिएको सो अवार्ड वितरण कार्यक्रममा अधिकारीसंगै रातोपाटी डटकमका ओम शर्मा, पत्रकारहरु खिला भण्डारी,कृष्ण आर्चाय र सुरेश अधिकारीले पनि प्राप्त गरेको जानकारी जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। अवार्ड प्राप्त गरेपछि कुरा गर्दै अधिकारीले भने ‘पहिलो पटक नेपालका विज्ञापन एजेन्सीहरुबाट आफ्नो एजेन्सीलाई उत्कृष्ठ ठहराई मलाई अवार्ड दिएकोमा आभार व्यक्त गर्दछु । यो अवार्डले आफुलाई विज्ञापनको क्षेत्रका निरन्तर लागि पर्न थप उर्जा प्रदान गरेको छ ।’ इटहरी निवासी अधिकारीले पछिल्लो समय विज्ञापन एजेन्सीसंगै वेरोजगार र रोजगार दाताहरुको बीच समन्वयनकारी  भूमिका निर्वाह गरि स्वदेशमै रोजगार सृजना गराउने उद्धेश्यले पाथीभरा जव लिंक समेत संचालनमा ल्याएका छन् । समाजिक सेवामा समेत लागि परेका उनि अन्य व्यवसायमा समेत लगानी गर्ने योजनामा रहेको जानकारी उक्त प्रेस बिज्ञप्तिमा जनाएको छ।


पाथीभरा एडभरटाईजिङले पायो नेपालकै पहिलो अन्तराष्ट्रिय उत्कृष्ठ विज्ञापन एजेन्सी अर्वाड 
इटहरीमा प्रमुख कार्यालय रहेको पाथीभरा एड्भरटाईजिङ इन्टरनेशनल प्रोफेसनल एचिभमेन्ट अर्वाड २०१९ प्राप्त गर्ने नेपालकै पहिलो विज्ञापन एजेन्सी भएको छ । विज्ञापन एजेन्सी संघ (आन)का प्रदेश नम्बर १ संयोजक समेत रहेका इटहरी निवासी पाथीभराका संचालक पवन अधिकारीले दुवईमा आयोजित भए भब्य एक कार्यक्रमका बीचमा नेपालकै पहिलो एजेन्सीको रुपमा सो अवार्ड प्राप्त गरेका हुन् । नेपाली समय अनुसार सुक्रवार राती मध्यान्न १२ बजे दुवईको एभरेष्ट क्लबमा आयोजित एक भब्य कार्यक्रममा उनले नेपाल सरकारका कृषी मन्त्री चक्रपाणी खनालको हातबाट सो अन्तराष्ट्रिय अर्वाड प्राप्त गरेका हुन् । पहिलो अवार्ड वितरण कार्यक्रममा अधिकारीले उत्कृष्ठ विज्ञापन एजेन्सीका रुपमा सो अवार्ड प्राप्त गरेका हुन् । सिजन मिडिया र पत्रकार महासंघ दुवइ शाखाद्धारा संयुक्त रुपमा आयोजना गरिएको सो अवार्ड वितरण कार्यक्रममा अधिकारीसंगै रातोपाटी डटकमका ओम शर्मा, पत्रकारहरु खिला भण्डारी,कृष्ण आर्चाय र सुरेश अधिकारीले पनि प्राप्त गरेका छन् । अवार्ड प्राप्त गरेपछि कुरा गर्दै अधिकारीले भने ‘पहिलो पटक नेपालका विज्ञापन एजेन्सीहरुबाट आफ्नो एजेन्सीलाई उत्कृष्ठ ठहराई मलाई अवार्ड दिएकोमा आभार व्यक्त गर्दछु । यो अवार्डले आफुलाई विज्ञापनको क्षेत्रका निरन्तर लागि पर्न थप उर्जा प्रदान गरेको छ ।’ इटहरी निवासी अधिकारीले पछिल्लो समय विज्ञापन एजेन्सीसंगै वेरोजगार र रोजगार दाताहरुको बीच सम्न्वयकारी भूमिका निर्वाह गरि स्वदेशमै रोजगार सृजना गराउने उद्धेश्यले पाथीभरा जव लिंक समेत संचालनमा ल्याएका छन् । समाजिक सेवा समेत लागि परेका उनि अन्य व्यवसायमा समेत लगानी गर्ने योजनामा छन् ।


 

यसमा तपाईको मत