बजार संक्षेप

पशुपति पेन्ट्सको रंगोत्सव योजना

    2019-08-22

काठमाडौं– पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । विगतमा जस्तै यस वर्ष पनि कम्पनीले चाडपर्वको समयलाई लक्ष्य गरी उक्त योजना ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ । 
योजनाअन्तर्गत उपभोक्ताले ५० हजार रुपैयाँ बराबरको पेन्ट्स खरिद गरी लक्की ड्र कुपनमार्फत सुन र चाँदी उपहार जित्न सक्ने बताइएको छ । 
योजनाको अन्त्यमा लक्की ड्रमार्फत तेस्रो पुरस्कारको रुपमा चारजनाले दुई सय ग्राम चाँदी, दोस्रो पुरस्कारको रुपमा चारजनाले पाँच ग्राम सुन र पहिलो पुरस्कारको रुपमा चारजनाले १० ग्राम सुन जित्न सक्ने जनाइएको छ ।
एकजना भाग्यशालीले बम्पर उपहारको रुपमा २० ग्राम सुन जित्न सक्ने पनि कम्पनीले जनाएको छ । एक लाख रुपैयाँ बराबरको पेन्ट्स खरिद गर्दा उपभोक्ताले एउटा आकर्षक भित्ते घडी पाउने उल्लेख छ ।  

यसमा तपाईको मत