घरेलु उपकरण विशेष

पञ्चकन्याको ४९औं वार्षिकोत्सव

  नागरिक   2021-09-01

पञ्चकन्या ग्रुपले आफ्नो ४९औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ९१औं जन्मोत्सव मनाएको छ। सो कार्यक्रममा वर्षभरमा बढी बिक्री गर्न सफल स्टिल, प्लास्टिक र प्रोफाइल, एसएस वाटर ट्यांक, एलजिएस, रेडिमिक्स कंक्रिट, बिटुमिन, सिलिन्डर तथा हेभी इक्विपमेन्टका डिलरलाई पुरस्कार, प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको ग्रुपको विज्ञप्तिमा उल्लेख छ।

यस अन्तर्गत वर्षभर पञ्चकन्या डन्डी बिक्री गरी प्रथम हुने न्यू बज्रयोगिनी ट्रेडर्स, दोस्रो हुनेमा पञ्चकन्या आइरन स्टोर र तेस्रो हुनेमा बेबी इन्टरप्राइजेज छन्। त्यस्तै, प्लास्टिक डिभिजन अन्तर्गत प्रथम हुने मयुर फौसेट्स, दोस्रो किसान ट्रेडिङ, तेस्रो प्रसन्न ट्रेड लिंक एन्ड सप्लायर्स, एसएस ट्यांक विभाग अन्तर्गत प्रथम हुने मयुर फौसेट्स, दोस्रो किसान ट्रेडिङ, तेस्रो पञ्चकन्या सप्लायर्स, रुफिङ डिपार्टमेन्ट अन्तर्गत प्रथम हुने किसान ट्रेडिङलाई सम्मान गरिएको विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा इम्प्लोई अफ द इयरबाट प्रजन ताम्राकार, आइटी विभाग र म्यानेजर अफ द इयर भरत खत्री, स्टिल विभागलाई र मोस्ट प्रोमिसिङ अवार्डबाट अलिना श्रेष्ठ, कमल सुवेदी, प्लास्टिक विभाग, असिम धिताल हाइड्रो विभाग र अजय शर्मा प्रशासन विभागलाई सम्मान गरिएको छ। त्यस्तै, सराहनीय कार्य गर्ने तथा लामो समय सेवा अवधि पूरा गरेका कर्मचारीलाई समेत सम्मान गरिएको छ। राम्रो कार्य गर्ने अन्य कर्मचारीहलाई समेत प्रसंशा–पत्र, पुरस्कार र प्रमाण–पत्रबाट सम्मानित गरिएको विज्ञप्तिमा उल्लेख छ। 

यसमा तपाईको मत